डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाको मेयर र उपमेयर्मा नेपाली काँग्रेसको अग्रता रहेको छ। गठबन्धनबाट काँग्रेस विपी पछिपछि रहेको छ ।
अमरगढीमा ५६२६ मत गणना हुँदा मेयरमा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले २ हजार १७७ मत प्राप्त गरेका छन् भने उनका पछीपछि नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले १ हजार ७८३ मत पाएका छन्। माओवादीका लक्ष्मण सिंहले ४६४ र एकीकृत समाजवादीकी संगिता भण्डारीले ४३२ मत प्राप्त गरेकी छिन्।

यस्तै उपमेयरमा कांग्रेसकै पार्वती झुकालले अग्रता लिएकी छन् ।
१ देखि ६ वडाको मतगणना नतिजामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

