डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् ।
१ हजार मत गणना गर्दा कांग्रेसबाट इन्द्र कार्कीले ५ सय मत, बिपी कांग्रेसले सुरेन्द्र मालीले २७६ मत, एकीकृत समाजवादीबाट नर बहादुर बिष्टले ७२ मत,राष्ट्रिय जनमोर्चाका टंक अवस्थीले १६ मत र राप्रपाका कृष्ण देव भट्टले १ मत ल्याएका छन्
उपाध्यक्षमा कांग्रेसकी ज्ञानु सेठी देउवाले ४ सय ५२ मत, एमालेका इन्द्र महराले २७५ मत, माओवादी केन्द्रका चन्द्र बहादुर मल्लले १४० मत ल्याएका छन् ।

