KhabarUjyalo

चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो : प्रधानमन्त्री देउवा

३० बैशाख २०७९, शुक्रबार
चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो : प्रधानमन्त्री देउवा

डडेलधुरा — प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृहपालिका गन्यापधुरा वडा नं १ को मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानलगत्तै प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन मिति घोषणा भएपछि पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले चुनाव सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै आएका थिए ।

प्रधानमन्त्री देउवाले शुक्रबार मतदानपछि स्थानीय निर्वाचन नै लोकतन्त्रको मूल स्तम्भ भएकाले सहज रुपमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo