डडेल्धुरा : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलाको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् ।
आज बिहान मतदान गर्न प्रधानमन्त्री देउवा धनगढीबाट नेपाली सेनाको हेलिकप्टरमा सिधै रुवाखोला आएका थिए ।
आज मुलुकभरका ७५२ वटा पालिकामा मतदान हुँदैछ। देशभरका १० हजार ७५६ वटा मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ ।
८९ लाख ९२ हजार १० जना पुरुष, महिला मतदाता ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ गरी एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् ।
मतदानबाट ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ जनप्रतिनिधि चुनिने छन्।