डडेल्धुराः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् परियोजनाका निर्माणका लागि छिटै भारतसँग सम्झौता हुने बताएका छन् ।
मंगलबार डडेल्धुराको बसपार्कमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएका बेला सम्भव भएसम्म सम्झौता पत्रमा हस्ताक्षर हुने बताएका हुन् ।
‘मोदीजीसँग बुद्धपूर्णिमाका दिन लुम्बिनी आउँदै हुनुहुन्छ। त्यहाँ उहाँसँग मेरो भेट हुँदैछ। भरसक त्यहीँ राम्रो भारतीय कम्पनीसँग सम्झौता गर्छौं,’ प्रधानमन्त्री देउवाले भने, ‘भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिँदा हामीलाई फाइदा नै हुन्छ।’

