KhabarUjyalo

गृह जिल्ला पुगेर देउवाले भने, ‘कांग्रेसलाई जिताए, डडेल्धुरालाई प्रदेशको राजधानी बनाउन छु’

२७ बैशाख २०७९, मंगलवार
गृह जिल्ला पुगेर देउवाले भने, ‘कांग्रेसलाई जिताए, डडेल्धुरालाई प्रदेशको राजधानी बनाउन छु’

डडेल्धुरा : प्रधानमन्त्री एवं का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले जिल्लाका उम्मेदवार जिताए जिल्लामा धेरै विकास गर्ने प्रतिबद्धता गरेका छन् ।

डडेल्धुराको बागबजार भएको कांग्रेसको चुनावी सभा सम्बोधन गर्दै देउवाले जिल्लामा आफ्ना उम्मेदवारले जितेमा आफुलाईब्ल धेरै काम गर्न सहज हुने बताए ।
आफुले कहिले पनि नविर्सने आफुले बोलेका बाचा पूरा गर्ने बताए ।

प्रधानमन्त्री देउवाले देशका विकास गर्ने भनेको कांग्रेसमात्रै भएको बताए । डडेल्धुरा जिल्लामा कांग्रेसलाई जिताए डडेल्धुरामा प्रदेशको राजधानी बनाउने पनि प्रतिबद्धता जनाए । यहाँ पुर्वाधार बन्ने बितिकै प्रदेशको राजधानी बनाउन सकिने बताए । मेडिकल कलेज र एअरपोर्ट बनाउने काम सुरु भईसकेको छ अरु बाकी रहेको काम आफुले पूरा गरेरै छोड्ने बताए । पश्चिम सेती परियोजना बारे केही समयपछि लुम्बिनीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदिसंग हुने भेटवार्ता कुरा अगाडि बढाउने पनी बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo