डडेल्धुरा : प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धुराको चुनावी सभालाई सम्बाेधन गर्ने भएका छन् ।
डडेल्धुराको बागबजार आज बिहान १० बजे हुने चुनावी सभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने भएका हुन् ।
डडेल्धुराको बागबजारको चुनावी सभालाई सम्बाेधन गरिसकेपछि प्रधानमन्त्री देउवा दिउँसो २ बजे पर्शुराममा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
डडेल्धुरामा पुर्वसभापती कर्ण मल्ल समूह वीपी कांगसमुहले एमालेसंग तालमेल गरेर सबै पालिका उम्मेदवार उभ्याएपछी डडेल्धुरामा कांग्रेसलाई स्थानीय तहमा चुनौती बनेको छ ।

