डडेल्धुरा : प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह पालिका गन्यापधुरा पुगेका छन् ।
गन्यापधुराको सदरमुकाम वडालमा चुनावी सभा सम्बोधन गर्न देउवा नेपाली सेनाको हेलिकप्टरमा गृह पालिका पुगेका हुन्
चुनावी सभा सम्बोधन गर्न देउवासहित केन्द्रिय सदस्य नैनसिंह महर, सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर
बलायार पनि सहभागी भएका छन् ।
आज बिहान धनगढीमा भएको सत्ता गठबन्धनकाे चुनावी सभालाई सम्बाेधन गरिसकेपछि देउवा हेलिकप्टरमा धनगढीबाट सिधै गृह पालिका आएका हुन् । गन्यापधुराको चुनावी सभा सम्बोधन पछि द ब्यारेक हुँदै डडेल्धुरा जाने कार्यक्रम रहेको कांग्रेसका जिल्ला सचिव शेर भण्डारीले जानकारी दिए ।
डडेल्धुरामा पुर्वसभापती तथा पुर्व प्रदेश सदस्य कर्ण मल्ल समूह वीपी कांगसमुहले एमालेसंग तालमेल गरेर सबै पालिका उम्मेदवार उभ्याएपछी जिल्लामा कांग्रेसलाई चुनौती बनेको छ ।
गन्यापधुराको अध्यक्षमा कांग्रेस तर्फबाट इन्द्र कार्की, विपी काङ्ग्रेस-एमालेको गठबन्धनबाट र माओवादी केन्द्र – एकीकृत समाजवादी तर्फबाट नरबहादुर बिष्ट मैदानमा रहेका छ ।

