नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोप झुटको पुलिन्दा रहेको आरोप लगाएको छ ।
आज सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि झुटा आरोप लगाएको बताए।
‘हामीलाई नीति नभएको पार्टी रे। कांग्रेसकै नीतिको ब्याज र साँवासमेत खाने पार्टी एमाले हो,’ उनले भने, ‘ओलीजीले झुटो आरोपका पुलिन्दा लगाउनुभएको छ। झुटमाथि झुट।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गर्दै मतदातालाई भोटको अपिल गरेका थिए ।

