KhabarUjyalo

कैलाली पुगेर प्रचण्डले मागे सत्ता गठबन्धनले कारबाही गरेका उम्मेदवारलाई भोट

२६ बैशाख २०७९, सोमबार
कैलाली पुगेर प्रचण्डले मागे सत्ता गठबन्धनले कारबाही गरेका  उम्मेदवारलाई भोट

धनगढी,२६ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय सत्ता गठबन्धनको कारबाहीमा परेका एकजना उम्मेदवारका लागि भोट मागेका छन्।  

उक्त गाउँपालिकाको हसुलियामा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा प्रचण्डले गठबन्धनको कारवाहीमा परेकी लक्ष्मी सत्गौवा थारुका लागि भोट मागिदिएका हुन्। 

उक्त गाउँपालिकामा थारु माओवादी केन्द्रबाट उपाध्यक्षमा उठेकी छन्। ‘कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र उपाध्यक्षमा लक्ष्मी सत्गौवा चौधरीलाई अत्यधिक मतले जिताउन आग्रह गर्दछु,’ प्रचण्डले त्यसक्रममा भने। 

उनले भने, ‘नेपाली कांग्रेसको एक जना स्थानीय नेतासँग पनि मेरो कुरा भयो । म र प्रधानमन्त्री शेरबहादुर देउवासँगै आएका छौ । उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ । हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु । हाम्रा लागि बेइमानी र षडन्त्र स्वीकार्य छैन ।’

त्यस्तै, उनले अझै गठबन्धन क्लियर नभएको बताउँदै आफूहरुले गठबन्धनको मर्म अनुसार उम्मेदवारी दिएका उम्मेदवार र प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका आफ्ना उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन अपिल समेत गरे । 

उनले प्रतिगमनका विरुद्ध गठबन्धन गरे पनि त्यसको अर्थ सबै झुक्नै पर्छ भन्ने नरहेको बताए ।माओवादी केन्द्र कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरीतका अनुसार शनिबार कैलाली पुगेका उनी आइतबार कालिकोट, धनगढी, डोटी र कञ्चनपुरको बेलौरीमा आयोजित चुनावीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo