KhabarUjyalo

भोलि डडेल्धुरामा हुने कांग्रेसको चुनावी सभामा देउवाले कर्ण मल्लका प्रश्नको जवाफ देलान् !

२६ बैशाख २०७९, सोमबार
भोलि डडेल्धुरामा हुने कांग्रेसको चुनावी सभामा देउवाले कर्ण मल्लका प्रश्नको जवाफ देलान् !

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि डडेल्धुरामा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

पार्टी सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री बद्री पाण्डे लगायतले डडेल्धुराको बागबजारमा हुने दिउँसो चुनावी सभालाई सम्बोधन कार्यक्रम रहेको छ ।

डडेल्धुरामा पार्टीको नेतृत्वप्रती असन्तुष्ट जनाउदै डडेल्धुरा नेपाली कांग्रेसका पुर्वसभापती कर्ण मल्ल समुहको वीपी कांग्रेसले एमालेसँग तालमेल गरेर सबै पालिकामा उम्मेदवारी दिएका छन् । एमालेसँग तालमेल गरेको भन्दै मल्ललाई पार्टीको साधारण समेत नरहने गरि निकालिएको थियो ।

पार्टीबाट निकालिएपछि कर्ण मल्लले डडेल्धुराका विभिन्न चुनावी सभामा देउवाप्रती गुनासा र प्रश्न गर्दै आएका छन् । उनले डडेल्धुरा बागबजार भएको चुनावी कार्यक्रममा भोलि हुने देउवाको चुनावी सभामा १० मिनेट समय दिए आफुले डडेल्धुरा पार्टी सभापति रहदा गरेका कामको हिसाबकिताब राख्ने र आफुलाई पार्टीले कार्वाही गर्नु कारण के हो भने देउवालाई समक्ष कुरा राख्ने रहेको बताएका थिए ।

लामो समय देखि देउवालाई पटकपटक लिखित,मौखिक आग्रह समय माग्दा समेत समय नदिएको गुनासो राखेका थिए । जब गिरिजाप्रसाद कोइरालाले देउवालाई कांग्रेस पार्टीबाट निष्कासित गर्दा साथदिने मुख्य व्यक्ति आफू रहेको पनि उनले बताएका थिए । जिल्लामा कांग्रेसको बलियो संगठन बनाउनेदेखि देउवालाई सबैभन्दा बढी मत दिलाउने व्यक्ति आफू रहेको दाबी गरे । उनले देउवालाई जिल्लामा सच्चा कांग्रेस को हो ? भनेर प्रश्न समेत गरेका थिए । यस्तै उनले देउवालाई फेरी १६ बर्ष पछि दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ? भनेर समेत गरेका छन् ।

‘पार्टीको विधि, विधान, प्रक्रिया नपुर्‍याई पार्टीको साधारण सदस्य नरहने गरि फेरी १६ बर्ष पछि दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ।’

भोलि हुने चुनावी सभामा कर्ण मल्लका प्रश्न बारे पार्टी सभापति देउवाले बोल्छन् या बोल्दैनन् यो भने सबैले चासोका रुपमा हेरेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo