KhabarUjyalo

आज नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै

२६ बैशाख २०७९, सोमबार
आज नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ- स्थानीय तहकव चुनावको चार दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसले आज सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ ।

आइतबार मात्र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo