KhabarUjyalo

ओलीले ठूलै अत्याचार गरेपछि अहिलेको गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

२४ बैशाख २०७९, शनिबार
ओलीले ठूलै अत्याचार गरेपछि अहिलेको गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलै अत्याचार गरेपछि वर्तमान गठबन्धन बनेको बताएका छन् । ओलीले जथाभावी संसद भंग गर्ने र मनोमानी गर्न थालेपछि नै लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन बनेको उनको भनाइ थियो ।

शनिबार बुटवलमा आयोजित सत्ता पक्षीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिलेको संविधानले कसैलाई पनि जथाभावी संसद विघटन गर्ने छुट नदिएको बताएका हुन् । आफ्नै पार्टीभित्रको विपक्षी समूहले विरोध गरेकै भरमा पूर्व प्रम ओलीले संसद विघटन गरेको स्मरण गराउँदै देउवाले भने, ‘ओलीले ठूलै अत्याचार गरेपछि अहिलेको गठबन्धन बनेको हो । विरोध सहन नसकेर जथाभावी संसद भंग गरे । यसरी जथाभावी गर्नलाई संविधानमा व्यवस्था नै छैन ।’

उनले आफूहरु सरकारमा आएपछि पनि पुनर्स्थापित संसदलाई ओलीकै पार्टीले चल्न नदिएको पनि बताए । उनले भने, ‘उहाँ ओलीजीले जथाभावी संसद विघटन गर्नुभयो, त्यसपछि पनि संसद नै चल्न नदिने हुनुभो । अब उहाँँको पार्टीलाई जिताएर के गर्ने ?’

ओलीको पालामा जनता, कर्मचारी, पुलिस सबैलाई थर्कमान पारिएको भन्दै उनले आफ्नो सरकार आएपछि भने जनताले सुखको स्वास फेर्न पाएको जिकिर गरे । ‘अहिले सरकारबाट कसैलाई केही कुनै त्रास छैन,’ उनले भने, ‘बोल्न र लेख्न सबैलाई छुट छ ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo