डडेल्धुरा : डडेलधुरा कांग्रेसका पूर्वसभापति एवं प्रदेश सांसद कर्णबहादुर मल्लले पार्टी नेतृत्वले गरेको अन्यायका कारण बैशाख ३० गते सच्चा रुखका मतदाताले करुवामा मतदान गर्ने लागेको बताएका छन् ।
सयुक्त प्रचारप्रसार समिति अमरगढीको आयोजना डडेल्धुराको बागबजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै मल्लले पार्टीको नेतृत्वले गरेको अन्यायका कारण सच्चा रुखका मतदाताले बैशाख ३० गते करुवामा मतदान गर्ने बताएका हुन् ।
निर्वाचित व्यक्तिलाई हुकुमी शैलीमा पार्टीबाट निकालेर आफुलाई अन्याय गरेको उनले बताए ।
“डडेल्धुराका जनताले जन्माएको एक म सच्चा कार्यकर्तालाई जसरी निकाल्नु भएको छ, सच्चा रुखका मतदता हुनुहुन्छ भने प्रतिकारमा उत्रिनु होस ।” उनले भने
“पर्सि शेरबहादुर देउवालाई सोध्नु होस जसरी निकाल्नु भएको छ, यहाँका हरेक रुखका मतदाता,हरेक सच्चा काङ्ग्रेसी कार्यकर्ताको अपमान भएको छ त्यसैले कारण आदरणीय शेरबहादुर दाई हामी ३० गते करुवामा मतदान गर्दैछौं त्यो तपाईले हामीप्रती गरेको अन्यायका कारण भनेर हिक्मतका साथ अघि बढ्न आग्रह गर्दछु ।”

