धनगढी : धनगढीका युवा ब्यवसायी घनश्याम भट्ट नेतृत्वको ‘खान पुगोस दिन पुगोस’ अभियान अन्तर्गत धनगढीका मृगौला पिडितलाई आर्थिक सहयोग गरिएको छ ।
दुवै मृगौला निष्क्रिय भएर विगत १ वर्ष देखी भारतका विभिन्न अस्पतालमा उपचार गराइसकेका धनगढी–३ का ४८ वर्षीय भवानी शंकर बिकलाई आर्थिक सहयोग गरिएको हो ।
आर्थिक अभावका कारण उपचारमा समस्या भएको देखेपछि ‘खान पुगोस दिन पुगोस’ अभियानका साथीहरु तथा अन्य बिभिन्न क्षेत्रबाट रकम उठाएर पीडित बिकको घरमै पुगेर बुधबार रू २६ हजार १ सय नगद साथै चामल, तेल , नुन लगायत खाद्यान्न सहयोग गरिएको संयोजक भट्टले बताए ।
पीडित बिक हाल सेती प्रादेशिक अस्पतालमा डायलायसिस गराइरहेका छन् ।