Khabar Ujyalo

अब ग्लोबल आईएमई बैंकका ग्राहक र कर्मचारीले अत्तरियाको शिखर डेन्टलमा बिशेष छुट पाउने !

२७ चैत्र २०८१, बिहीबार
अब ग्लोबल आईएमई बैंकका ग्राहक र कर्मचारीले अत्तरियाको शिखर डेन्टलमा बिशेष छुट पाउने !

अत्तरिया : नयां बर्ष २०८२ सालको पावन अबसरमा शिखर डेण्टल क्लिनिक प्रा.लि. अत्तरियाले ग्लोबल आईएमई बैंक अत्तरिया शाखासंग दांत र मुखको उपचार गर्न आउने बैंकका कर्मचारि र ग्राहकलाई दांत तथा मुख सम्बन्धि सम्पुर्ण उपचारमा १५ प्रतिशत छुटसहित उपचार गर्ने समझदारि पत्र (MOU) गरेको छ ।
उक्त समझदारि पत्रमा ग्लोबल आईएमई बैंक अत्तरियाका ब्रान्च म्यानेजर भुवन प्रसाद भट्ट र शिखर डेन्टल क्लिनिक प्रा. लि. अत्तरियाका संचालक मिनबहादुर देउवाले हस्ताक्षर गरेका छन।
कैलालिको अत्तरियामा रहेको शिखर डेण्टल क्लिनिक प्रा. लि. ले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत सामाजिक मुख स्वास्थ्य कार्यक्रम तथा जनचेतनामुलक कार्यक्रम, निःशुल्क दांत र मुख स्वास्थ्य शिबिर , बिद्यालय मुख स्वास्थ्य कार्यक्रम एबम सामाजिक कार्यक्रम गर्दै आएको छ । यस क्षेत्रकै अग्रणि दांत तथा मुख स्वास्थ्य संस्था शिखर डेण्टलले विश्वाशिलो नविनतम प्रबिधिद्वारा आफ्ना सेवाहरु दिंदै आएको छ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.