KhabarUjyalo

विहीबार सुदुरपश्चिममा २४ जना कोरोना सन्क्रमित थपिए

२३ चैत्र २०७९, बिहीबार
विहीबार सुदुरपश्चिममा २४ जना कोरोना सन्क्रमित थपिए

धनगढी, २३  चैत्र । सुदूरपश्चिम प्रदेशमा विहीबार एकै दिन २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सात सय ८० जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा २१ जना र २४ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १८जना कैलालीका, चार जना बैतडीका र दुई जना कञ्चनपुर जिल्लाका रहेको जनाएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo