KhabarUjyalo

सुदूरपश्चिममा एकैदिन १८ जना कोरोना संक्रमित देखिए

२१ चैत्र २०७९, मंगलवार
सुदूरपश्चिममा एकैदिन १८ जना कोरोना संक्रमित देखिए

धनगढी, २१ चैत्र । सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै प्रदेशमा १८ कोरोना संक्रमित थपिएका छन।

६९४ जनाको कोरोना परिक्षण गर्दा १८ व्यक्तिमा संक्रमण पुष्टि भएको हो। एन्टिजेन बिधिबाट ६७७ नमूनाको कारोना परिक्षण गर्दा १० र पीसीआर बिधिबाट १७ नमूनाको परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। प्रदेशमा सोमबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

पछिल्लो सयम सीमानाबाट भित्रिनेमा कोरोना संक्रमण देखिन थालेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गौरीफन्टा नाकामा ६, जुलाघाट नाकामा २, दार्चुलाको पुलघाट नाकामा एक जनामा कोरोना संक्रमण पुष्टि हो।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo