KhabarUjyalo

बैतडीमा मामाघर आएका भान्जालाई टाउकोमा हतौडा हानेर मामाले गरे हत्या !

४ बैशाख २०७८, शनिबार
बैतडीमा मामाघर आएका भान्जालाई टाउकोमा हतौडा हानेर मामाले गरे हत्या !

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका-१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको छ। हत्या आरोपमा दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडाका १८ वर्षीय नारायण भुललाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमका अनुसार मामाघर दोगडाकेदार आएका भाञ्जा महेशमाथि मामा नारायणले शनिबार बिहान साढे ११ बजे घरमै हतौडा प्रहारबाट उनको घटनास्थलमै मत्यु भएको जनाएका छन् ।

हत्या गर्नेको कारण खुल्न सकेको छैन ।घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थल जाने तयारीमा छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo