KhabarUjyalo

महाकालीमा भारतले तटबन्ध बनाइसकेपछि नेपालको निरीक्षण

३१ चैत्र २०७७, मंगलवार
महाकालीमा भारतले तटबन्ध बनाइसकेपछि नेपालको निरीक्षण

नेपाल–भारतको सीमा नदी महाकालीमा भारतले एकतर्फी रूपमा बनाइरहेको तटबन्धको दुवै देशका प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् । दुवै देशबाट नापी विभागको पाँच÷पाँच सदस्यीय टोलीले भारतद्वारा निर्माणाधीन तटबन्धको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

भारतले एकतर्फीरूपमा नदीको धार परिवर्तन हुने गरी नेपालकै भूमिमा तटबन्ध निर्माण गरि रहेको विषयमा सञ्चार माध्यमदेखि संसदसम्म आवाज उठेपछि नेपाल सरकारले निरीक्षणका लागि टोली पठाएको हो ।

नेपाली टोलीमा प्रमुख नापी अधिकृत जयानन्द जोशीको नेतृत्वमा नापी अधिकृत कमल शाही र कपिल कटुवाल तथा सर्भेयर शहदेश घिमिरे र सुन्दर देवकोटा हुनुहुन्छ । यस्तै भारतका तर्फबाट डीएसएस माज जतिन्तर सिंहको नेतृत्वमा ओएस महेश महेश्वरी, अनिल जुयाल, धीरज सिंह र दिनेश सिंह सहभागी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले जानकारी दिए । दुवै देशको प्राविधिक टोलीले संयुक्त निरीक्षण गर्दै पर्खाल ठीक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको छ कि छै न भन्ने विषयमा छलफल गरको बताइएको छ ।

आजको गोरखापत्र  दैनिकमा समाचार छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo