KhabarUjyalo

शिबपुरी धामको नयाँ कार्य समितीलाई सपथग्रहण र पदस्थापन

३० चैत्र २०७७, सोमबार
शिबपुरी धामको नयाँ  कार्य समितीलाई सपथग्रहण र पदस्थापन

धनगढी:धनगढीमा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धामको ९ औ साधारणसभा बाट निर्बिरोध निर्बाचित कार्य समितीलाई सपथग्रहण र पदस्थापन गरिएको छ। सोमबार प्रदेश सभा सदस्य डिल्ली राज पन्तको प्रमुख आतिथ्यता र उपमेयर सुशिला मिश्र भट्ट को विशिष्ट आतिथ्यतामा निर्बाचित कार्य समितिलाई सपथ ग्रहण गराएको हो ।

सपथ ग्रहण कार्यक्रममा निबर्तमान अध्यक्ष श्याम सुन्दर तायलले निर्वाचित अध्यक्ष बल्देब प्रसाद भट्टलाई माइन्युट हस्तान्तरण गरेका थिए ।धामका प्रमुख संरक्षक स्वामी लोकानन्दले २ जनालाई संरक्षक राख्न पाउने ब्यबस्था अनुसार मान बहादुर खड्का र श्याम सुन्दर तायललाई संरक्षकमा प्रमाणपत्र हस्तान्तरण गर्दै नियुक्त गरिएको उपाध्यक्ष सिद्ध राज पनेरुले जानकारी दिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo