धनगढी: नेपाल कम्युनिष्ट पार्टी एमाले(माधव नेपाल) पक्षले नेकपा एमाले सुदूरपश्चिमका सह–संयोजक कर्णबहादुर थापालाई एक बर्ष पार्टी सदस्यताबाट निलम्बन सिफारिस गरिएको छ।
आइतबार धनगढीमा आयोजित पत्रकार सम्मलेनमार्फत नेकपा एमालेका निलम्बित प्रदेश संयोजक भीम रावलले थापालाई अनुशासनको कारवाही सिफारिस गरिएको जानकारी दिएका हुन।
यस्तै नेकपा एमाले (माधव पक्ष) सुदूरपश्चिम प्रदेश कमिटीको २३ र २४ गते बसेको विस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ ।