KhabarUjyalo

चितवनमा भ्यान दुर्घटनामा हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

२९ चैत्र २०७७, आईतवार
चितवनमा भ्यान दुर्घटनामा हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

चितवन । चितवनमा भ्यान दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ रामपुर चौकी नजिक भ्यान दुर्घटना हुँदा कास्कीको रुपा गाउँपालिका वडा नम्बर १ का सूर्य खाती र भरतपुर महनगरपालिका वडा नम्बर ४ का ५० वर्षीय राजेन्द्र दमाईको मृत्यु भएको हो ।

भरतपुरबाट शारदानगर टाउनका लागि छुटेको ना १ ज ३८५९ नम्बरको भ्यान दुर्घटनामा घाइते भएका ७ जनाको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo