KhabarUjyalo

कञ्चनपुरमा फ्रिजको तार सर्ट भएर एक पसलमा आगलागी

२९ चैत्र २०७७, आईतवार
कञ्चनपुरमा फ्रिजको तार सर्ट भएर एक पसलमा आगलागी

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक जनरल स्टोरमा आगलागी भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका ६ विद्युत कार्यालय नजिक रहेको केशव कार्कीको कार्की जनरल स्टोरमा गएराति साढे १० बजे आगलागी भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार फ्रिजको तार सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट एक लाख ५० हजार रुपैयाँ बराबरको क्षती भएको र कुनै मानवीय क्षती भने नभएको उनले बताए। प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रवक्ता थापाले बताएका छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo