KhabarUjyalo

ओलीले पुलिस, सेना र कर्मचारीमा कब्जा जमाइसकेः देउवा

२८ चैत्र २०७७, शनिबार
ओलीले पुलिस, सेना र कर्मचारीमा कब्जा जमाइसकेः देउवा

काठमाडौँ, २८ चैत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सुरक्षा निकाय र कर्मचारीलाई आफ्नो हात लिन खोजेको बताएका छन् । शुक्रबार कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई तीन दलिय गठबन्धनको सरकार बनाउने प्रस्ताव राख्दै देउवाले यस्तो बताएका हु्न् ।


ओलले देश नै कब्जा गर्ने सम्भावना रहेकाले नयाँ सरकार बनाउनुपर्ने बताउकाहुन् । ‘चुनाव गर्नका लागि जोसुकै नेतृत्वको सरकार भए पनि फरक पर्ने थिएन, तर ओली सर्वसत्तावादी भएर राज्यसत्ता कब्जा गर्न खोज्दैछन् । पुलिस, सेना र कर्मचारीलाई आफ्नो कमाण्डमा चलाउन खोज्दैछन्,’ बैठकमा देउवाले भने, ‘यस्तो सर्वसत्तावादी व्यक्तिको हातबाट निष्पक्ष चुनाव हुन सक्दैन । त्यसैले नेपाली कांग्रेसको यो प्रस्तावमाथि तपाईंहरूको सहयोगको अपेक्षा गर्दै धारणा बुझ्न चाहन्छु ।’ तीन दलको बैठकमा देउवाले नेपाली कांग्रेसको निर्णय अनुसार आफ्नै नेतृत्वमा सरकार बनाउने भएकाले दुवै दलको धारणा माग गरेका थिए ।

गत २० चैतमा बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कांग्रेसले लामो अनौपचारिक छलफलपछि शुक्रबार गठबन्धनको सरकार बनाउन प्रस्ताव गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन दलका नेताबीच भएको छलफल कुनै निष्कर्षमा भने पुग्न सकेन ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo