धनगढी : अहिले धेरै नेपाली टेलिशृखल युट्युवमा देख्न सक्छौ । केही टेलिशृखललाई दर्शकले उत्कृष्ट मन पराएका छन् । केही हप्ता अघि सार्वजनिक भएको राजु पौडेल ‘मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुब्रेको नयाँ टेलिशृखला ‘जुठे’का हरेक शृखला युवट्युवको शिर्ष स्थानमा पुग्ने गरेको छ। सार्वजनिक भएका ४ शृखलालाई नै दर्शकले सर्वाधिक मन पराएका छन् ।
किन यति मन पराए दर्शकले जुठे ?
समाज हुने जातिय विभेदलाई टेलिशृखलामा यथार्थता समेटिएको छ । शृखलाले दलित मुक्ती आन्दोलनको बिषयमा उत्पीडनको बिषयलाई चित्रण गरेको छ । अन्तरजातीय केटा र केटिले माया प्रेम गर्ने तर घरपरिवारले स्विकार नगरेको शृखलामा दर्शाएको छ । राजु पौडेल मास्टर र मरिचमान श्रेष्ठ बल्छीले हल्का रमाइलो टेलिशृखलाबाट दर्शकलाई हसाई रहेका बेला जुठे टेलिशृखलबाट दर्शकलाई स्तब्ध बनाएका छन् ।
हिमालय टीभीमा हरेक वुधबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आइरहेको छ । राजु पौडेल र मरिचमान श्रेष्ठको निर्देशनमा तयार भएको शृखलामामा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्ने सिरियलमा रविन भट्टको सम्पादन छ ।