KhabarUjyalo

पत्रकार महासंघ कैलालीको अध्यक्षमा हिमाल जोशी निर्वाचित

२६ चैत्र २०७७, बिहीबार
पत्रकार महासंघ कैलालीको अध्यक्षमा  हिमाल जोशी निर्वाचित

धनगढी : नेपाल पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा  हिमाल जोशी निर्वाचित भएका छन्। स्वतन्त्र प्यानल बनाएर चुनावमा उठेका जोशी प्रतिस्पर्धी श्रवण देउवालाई ७ मत अन्तरले बिजय भएका हुन् ।

हिमाल जोशीको प्रतिस्पर्धीमा प्रेस युनियन लगायतको गठबन्धनबाट उम्मेदवार बनेका श्रवण देउवा र ओलि निकट प्रेस चौतारीबाट शुशिल ढुंगाना रहेका थिए ।

 हरिश विक उपाध्यक्ष, दुर्गा देवकोटा महिला उपाध्यक्ष, युवराज न्यौपाने सचिव, घनश्याम पौडेल सहसचिव, लक्ष्मी प्रसाद जैशी कोषाध्यक्षमा विजयी भएका छन्।

निर्वाचनमा १९३ सदस्यमध्ये १८७ मत खसेको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo