Khabar Ujyalo

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले १५ औं बार्षिकोत्सव मनायो

२६ चैत्र २०७७, बिहीबार
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले १५ औं बार्षिकोत्सव मनायो

धनगढी : कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले आफ्नो १५ औं बार्षिकोत्सव मनाएको छ ।

बिहिबार क्याम्पसले बार्षिकोत्सव तथा नवआगन्तुक विद्यार्थीहरुको सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

क्याम्पसका प्रमुख डम्बर बहादुर पालको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार डा. गोबिन्दसिंह बिष्ट रहेका थिए ।

कार्यक्रममा बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुदमा विजयी खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका कार्यकारी सदस्य प्राध्यापक यज्ञराज भट्ट, सुदूरपश्चिम विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्द बल्लव पन्त, सुदूरपश्चिम विश्वविद्यालयका आर्थिक महाशाखा प्रमुख अशोक सिहं भण्डारी, क्याम्पसका शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन क्याम्पसका प्राध्यापक लोक बहादुर महराले गरेका थिए ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.