२० असार २०७९, सोमबार

निसर्ग हस्पिटलमा टाउकोलाई अड्याउने मेरुदण्डको हड्डी भाँचिएकी महिलाको सफल उपचार !

२६ चैत्र २०७७, बिहीबार
[Sassy_Social_Share]
निसर्ग हस्पिटलमा टाउकोलाई अड्याउने मेरुदण्डको हड्डी भाँचिएकी महिलाको सफल उपचार !

धनगढी । टाउकोलाई गर्धनमा अड्याउने मेरुदण्डको हड्डी भाँचिएकी महिला सफल उपचारपछि आज घर फर्किएकी छन् । डोटीको आदर्श गाउँपालिका ७ की हरिना विष्ट घाँस काट्न जाने क्रममा चैत्र १४ गते बिहान घर नजिकैको भिरमा लडेर टाउकोमा गम्भीर चोटसङ्गै टाउको र गर्दनलाई जोडाउने मेरुदण्डको हड्डी भाँचियो थियो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा ल्याइएको थियो। धनगढीमा रहेको निसर्ग हस्पिटलले विष्टको उपचार सफलपछि उनी बिहीबार(आज) घर पठाएको हो ।

शश्रीमान बहादुर विष्टले भने, ‘भीरबाट खसेपछि पुरै शरीर रगतले लतपतिएको थियो। शरीर पुरै लुलो थियो । अलिअलि सास मात्रै फेरेको थाहा हुन्थ्यो । हामीले त आसा मारिसकेका थियौँ । निसर्गमा ल्याएपछि श्रीमती बाँचिन्, निकै खुसी लागेको छ।’

निसर्ग हस्पिटलका न्यूरो सर्जन डाक्टर सुरेश सापकोटा,हाडजोर्नी रोग विशेषज्ञ डाक्टर श्रीराम खाती, ओमकार विष्ट, एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा, यादब जोशी, सुरज सुबेदी, लक्ष्मी खत्री, कल्पना बुढालगाएतको टिमले विष्टको शल्यक्रिया गरेको थियो ।
‘बिरामीको टाउकोमा गहिरो चोट थियो, टाउकोलाई गर्धनमा अडाउने मेरुदण्डको दोस्रो हड्डी पनि भाँचिएको थियोे’, डाक्टर सापकोटाले भने, ‘बेहोस अवस्थामा आएको बिरामी शल्यक्रियापछि खुट्टामा उभिनसक्ने हुनुभएको छ। आफ्नै हातले खाना खाइरहनुभएको छ। आज अप्रेशनको पाँचौ दिनमा हामी उहाँलाई डिस्चार्ज गर्दैछौँ।’
भिरबाट खसेर गम्भीर घाईते भएकी विष्टको उपचार खर्च बाफत डोटी जिल्लाका सांसद प्रेमबहादुर आले मगरले २५ हजार आर्थिक सहयोग गरेको हरिनाका श्रीमान विष्टले बताए निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले टाउको र दिमागको चोट, रगत जमेको, नशा दबेको, दिमागको ट्युमर, मासु पलाएको, मेरुदण्डको ट्युमर, टाउको दुख्ने, गर्दन दुख्ने, ढाड दुख्ने, मुर्छा पर्ने, मिर्गी आउनेलगायत शरीरको दुखाई हुने, झमझम गर्ने, ढाडको नसा च्यापिएको, हर्ट सम्बन्धि सेवा दिइरहेको अस्पतालका अध्यक्ष तिर्थराज पन्तले बताए। केही दिन अघि मात्रै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले प्रदेशमै पहिलो पटक ‘ब्रेन ट्युमर’को सफल उपचार गरेको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo