२३ मंसिर २०७९, शुक्रबार

सुदूरपश्चिममा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

२६ चैत्र २०७७, बिहीबार
सुदूरपश्चिममा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी – सुदूरपश्चिममा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहिबार धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा २७ नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का २ जना, वडा नम्बर ३ का २ जना , कञ्चनपुरको भिमदत्त नगरपालिका १८ का १ जना र कैलालीको भजनी ५ का १ जनामा कोरोना संक्रमण देखिएको हो । 

अहिले अस्पतालमा कुल संक्रमित मध्ये २ जनालाई आइसियूमा राखिएको अस्पतालले जानकारी दिएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo