KhabarUjyalo

हिक्मतवाली करुणा भिर पाखामा डोजर चलाउदै !

२५ चैत्र २०७७, बुधबार
हिक्मतवाली करुणा भिर पाखामा डोजर चलाउदै !

धनगढी : दोलखा घर भएकी करुणा बस्नेत अहिले भिर पाखामा डोजर चलाउदै छन् । एक संस्थामा ४ बर्ष जागिर गरेर आफ्नै लगानीमा सानो तिनो कमाई गर्ने सोचले एक बर्ष अघि ऋण जोहो गरेर काठमाडौमा रेस्टुरेन्ट खोलिन । तर रेष्टुरेन्ट खोलेकै बर्ष कोरोना महामारीमा लगाएको लकडाउनका कारण केही महिनामा रेस्टुरेन्टलाई छोडनु पर्ने बाध्य भईन । घरभाडा तिर्न नसकेर रेस्टुरेन्ट घरधनीलाई चाबी दिएर निस्कनु पर्यो ।

पैसा आउने कुनै आधार नभएपछि उनले सोच बनाईन बिदेशमा गएर पैसा कमाउने । कुबेत जाने योजना अनुरुप पासपोर्ट,कागज तयार गरिन । त्यही क्रममा सडक साईड डोजर सिकाउने साईन बोर्ड देखिन र उनको मनमा जाग्यो डोजर अपरेटर काम सिक्ने पर्छ भनेर । विदेश जाने योजना रद्द गरिन । डोजर अपरेटरको तालिममा गर्न थालिन् । तालिमप्राप्त गरेपछि दुई महिना अघि मात्रै डोजर अपरेटरको लाईसेन्स निकाल्न सफल भईन । अहिले लोक सेवाका लागि डोजर लिएर नेपालका भिर पाखामा चलाउने गरेकी छन् । उनि डोजर चलाउने सङ्गै डोजरमा आएका सामान्य समस्या आफै बनाउने पनि गर्छिन ।

हाम्रो समाजमा महिलाले जेसिभी चलाउनपनि सक्छन र ? भनेलाई उदाहरण देखाउन लागेको उनले बताईन ।

‘सुरुमा डर लागेपनी अब आरामले अपरेटिङ गर्न सक्छु,’ उनले भनिन्, ‘काम गर्न थाले पछि भिर पाखा केही पनि लाग्दैन’

आफु नृत्य,गितमा रुचि रहेको र पहिले गित गाउने,नृत्य गर्ने गरेको पनि बताईन ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo