२० असार २०७९, सोमबार

सुन तस्करीको नयाँ तरिका : कुकरमा हालेर ल्याए ८ सय ८४ ग्राम सुन

२५ चैत्र २०७७, बुधबार
[Sassy_Social_Share]
सुन तस्करीको नयाँ तरिका : कुकरमा हालेर ल्याए ८ सय ८४ ग्राम सुन

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ८४ ग्राम सुनसहित एक पक्राउ परेका छन् । भन्सार जाँचका क्रममा प्रहरीले फ्लाई दुबईबाट आएका धनुषाका प्रसाग महरा नाम गरेका व्यति उक्त सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ । उनले खाना पकाउने राईस कुकरमा सुन हालेर नेपाल ल्याएका थिए ।

विमानस्थल प्रहरीका अनुसार कुकर निर्माण भएको कम्पनीमै उक्त सुन फिट गरिएको हुनसक्ने आनुमान गरिएको छ । सामान्य तरिकाले नदेखिएको सुन एक्सरे मेशिनबाट मात्रै पत्ता लागेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका महराको स्थायी ठेगाना धनुषाको मिथिला नगरपालिका रहेको खुलेको छ । उनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo