KhabarUjyalo

सरकारले ७९ सहसचिवको सरुवा

२४ चैत्र २०७७, मंगलवार
सरकारले ७९ सहसचिवको सरुवा

काठमाडौं, २४ चैत ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवको पदस्थापन र सरुवा गरेको छ । नवनियुक्त ४४ जनालाई पदस्थापन गरी ३५ जनाको सरुवा गरेको हो ।


सरुवा अनुसार गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको प्रदेशमा सरुवा भएको छ । उनको कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ । अध्यागमन विभागका महानिर्देशक रमेश कुमार के.सी.को आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश, पोखरा सरुवा भएको छ । अर्थ मन्त्रालयका झलकराम अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुदूर पश्चिम प्रदेश, धनगढी पु¥याइएको छ । सचिवमा बढुवा हुनुअघि प्रदेशमा काम गर्नुपर्ने भएकाले उनीहरु प्रदेश गएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका सहसचिव कृष्णप्रसाद सापकोटा र ईश्वरी प्रसाद अर्यालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, थान प्रसाद पंज्ञेनी, अच्युत प्रसाद सिवाकोटी, उमाकान्त आचार्य, ईश्वरी प्रसाद अर्याल, बाबुराम सुवेदी, विश्व प्रसाद अर्याल, महेश भट्टराईको अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहका गोपाल प्रसाद रेग्मीलाई कलैया उपमहानगरपालिका बाराको प्रमुख प्रशासकीय अधिकृतमा, आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश पोखराकी चन्द्रकला पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश, बुटवलका नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका विष्णु प्रसाद शर्मालाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी मधेसी आयोगका धर्मेन्द्र कुमार मिश्र, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका टेकराज निरौला, वन तथा वातावरण मन्त्रालयका नवराज ढुङ्गाना, श्रम, रोजगार तथा सामानजिक सुरक्षा मन्त्रालयका भरतमणि पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका होम प्रसाद लुइँटेल, विश्व प्रकाश अर्याल, शिवराम गेलाल, राजेन्द्र देव पाण्डे, सुनील खनाल, कमलराज ढकाल, नवराज सापकोटा, रामप्रकाश पाण्डे, सुशील वैद्य, कृष्णप्रसाद पन्थ र जनार्दन गौतमको पनि गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव अनिता निरौलाको पनि गृह मन्त्रालयमा सरुवा भएको छ ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पुष्पराज शाहीको धनगढी उपमहानगपालिका, आर्थिक मामिला तथा योजना मन्त्रालयका, कर्णाली प्रदेश, सुर्खेतका हिरालाल रेग्मी नेपालगन्ज उपमहानगरपालिका, बाँके, राष्ट्रिय पुनर्निर्माण अन्तर्गतका गोपाल प्रसाद अर्यालको प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेश, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका जयकुमार घिमिरेको प्रदेश नीति तथा योजना आयोग, प्रदेश नं. १, गृह मन्त्रालय वा अन्तर्गतका केशव प्रसाद बिमलीको प्रदेश नीति तथा योजना आयोग, प्रदेश नं. २ मा सरुवा भएको छ ।
मन्त्रालयले अर्थ मन्त्रालयका बद्रीराज अर्याललाई वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिलाको अतिरिक्त समूहका गोविन्द प्रसाद सुवेदीलाई प्रदेश नीति तथा योजना आयोग, लुम्बिनी, नेपालगन्ज उपमहानगरपालिकाका ओम बहादुर खड्कालाई प्रदेश प्रमुखको कार्यालय, सुदूरपश्चिम, गृह मन्त्रालयका शंकरहरी आचार्यलाई प्रदेश लोक सेवा आयोग, लुम्बिनी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका टेकबहादुर के.सी. र नरेश राज खरेललाई क्रमशः प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश र प्रदेश लोक सेवा आयोग प्रदेश नं. २ मा पठाइएको छ । यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका शिवहरी कोइराला प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेश, राजेन्द्र पराजुली र मदन दाहाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिव प्रसाद रेग्मी बुटवल उपमहानगरपालिका, भोजराज खतिवडा भरतपुर महानगरपालिकामा सरुवा गरिएको छ ।

प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेशका लोकनाथ पौडेललाई मधेसी आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगका कृष्णप्रसाद पराजुलीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कुमार प्रसाद दाहाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका भरत कुमार शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश, अर्थ मन्त्रालय वा अन्तर्गतका विष्णुप्रसाद ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं. २ वा अन्तर्गत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका यज्ञराज कोइरालालाई प्रदेश लोक सेवा आयोग, प्रदेश नं. १ वा अन्तर्गत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रदीप कोइरालालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका किरण थापालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सुदूरपश्चिम प्रदेश, राष्ट्रिय महिला आयोगका शान्ता भट्टराईलाई राष्ट्रिय कितावखाना(प्रहरी)मा खटाइएको छ ।

यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका रामप्रसाद बिडारीलाई राष्ट्रिय दलित आयोग, भगवान् अर्याललाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, मनोजकुमार आचार्यलाई राष्ट्रिय महिला आयोग, अर्थ मन्त्रालयका भागिरथ पाण्डेलाई राष्ट्रिय सूचना आयोग, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका गणेश अर्याललाई ललितपुर महानगरपालिका, रमेश मैनाली र रुद्र प्रसाद लामिछानेलाई लोक सेवा आयोग वा अन्तर्गत सरुवा गरिएको छ ।

राष्ट्रिय दलित आयोगका कृष्ण प्रसाद धिताल कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका प्रदीप कुमार निरौलालाई वीरगन्ज महानगरपालिका, गृह मन्त्रालयका कृष्ण हरी पुष्कर कर्णलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत, सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका दीपक काफ्ले र सहरी विकास मन्त्रालयका कृष्ण प्रसाद दवाडी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश नं. २ का कृष्ण प्रसाद काप्रीलाई सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेत, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ईमनारायण श्रेष्ठलाई सामाजिक विकास मन्त्रालय प्रदेश नं. २, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका यज्ञ प्रसाद ढुङ्गेललाई सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका शिवराज चौलागाईलाई हेटौडा उपमहानगरपालिका, नेपाल ट्रस्टको कार्यालयका डा. भीष्मकुमार भूसाललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका सहसचिव(सर्भे) गणेश भट्टलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, लगानी बोर्डको कार्यालयका सहसचिव(इन्जिनियर) इन्द्रदेव भट्टलाई भौतिक पूर्वाधार विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशका सहसचिव(शिक्षा)कमल प्रसाद पोखरेल लाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाउको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo