KhabarUjyalo

दिल दमाई २२ दिनदेखी अस्पतालको शैयामा,परिवारद्वारा आर्थिक सहयोगको अपिल !

२४ चैत्र २०७७, मंगलवार
दिल दमाई २२ दिनदेखी अस्पतालको शैयामा,परिवारद्वारा आर्थिक सहयोगको अपिल !

धनगढी : डडेल्धुराको गन्यापधुरा ०२ का दिल दमाई २२ दिन देखि सेती प्रादेशिक अस्पतालको १९ नम्बर सैयामा उपचारको पर्खाईमा रहेका छन् ।डेढ बर्षअघि भारतमा सडक दुर्घटनामा परि दुईटै खुट्टा फ्याक्चर भएका २७ बर्षिय दिलबहादुर दमाईको आर्थिक अभावमा उपचार हुन सकेको छैन । आर्थिक स्थिती अत्यन्तै कमजोर भएका दमाई रोजगरीका लागि एक बर्षअघि भारतको मुम्बईमा गएका उनी तीन दिनपछि भारतमा सडक दुर्घटनामा परि दुवै खुट्टामा फ्याक्चर भयो । गर्मी सुरु हुने बितिकै पाक्न थालेको छ ।

चैत ३ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरेका दिल दमाई आर्थिक अभाव अस्पतालको पिडा शैयामा रहेका छन् । अस्पतालका अनुसार काठमाडौको वीर अस्पतालमा उपचार सम्भब रहेको जनाएको छ । खुट्टाको क्रयाक हड्डी नमिलेको त्यसका लागि डाक्टरको टिमले निका पार्न सक्ने भएकोले काठमाडौ उपचार गर्न सुझाव दिईरहेको छ भने दमाईको परिवारलाई आर्थिक अभावले काठमाडौ लग्न नसकीरहेको दिलका दाई गगन दमाईले बताए ।

‘भाईलाई २२ दिन अस्पतालमा राखेको भईसक्यो । डाक्टर यता सम्भव छैन काठमाडौ वीर अस्पताल लैजानु भन्छन् । आफूसङ्ग पैसा छैन,कसरी काठमाडौ लग्नु ।’ उनले रुदै भने ‘केहिले उपचारका लागि आर्थिक सहयोग गर्नु भएको थियो । सहयोग गरेको रकम खान बस्न गर्दै खर्च भई सक्यो,सहयोगीहरुले आर्थिक सहयोग गरिदिए भाईको जीवन जिउन सहज हुन्थ्यो र सहयोग गरिदिन सबैमा नमन गर्दछु ।’

भारतको मुम्बईको अस्पतालमा दुई महिना राखेर उपचार गरियो । कोरोना महामारीका कारण राम्ररी उपचार हुन सकेन, झण्डै १५ लाख खर्च भयो । गन्यापधुरा गाउपालिका, गाउका युवाको सहयोगमा कोरोना महामारीमै स्वदेश आफनै घरमा ल्याए । कोरोना महामारी खुकुलो भएपछि गाउकै खडक मल्लले उनको उपचार गराउन काठमाडौ लगे । एक महिना भन्दाबढी अस्पतालमै राखेर उपचार गरियो । कोरोनाको महामारी र आर्थिक अभावै कारणले पुर्णरुपमा उपचार हुन सकेन । फेरि गाउमै ल्याएर राखियो । गर्मी बढेसङ्गै घाउ पाक्न थालेपछि उपचार गर्न अस्पतालमा पुर्याएका छन् ।

उनको उपचारका लागी  आफ्न्तको सहयोग र ऋण जोहो गर्दै दिलको उपचारमा जुटे तर ऋण जोहो गरेको पैसाले दिलको उपचार हुन सकेन उनकी श्रीमती चन्द्रा दमाईले बताईन। घरमा १८ जनाको परिवार छ । दैनिक जिविकोपार्जन गर्न मुस्किल छ भने अर्को तिर श्रीमानको यस्तो अवस्था छ,चन्द्राले बताईन ।

दिल दमाईका एक छोरा,एक छोरी र श्रीमती रहेका छन् । भने परिवारमा आमा,बुबा,दुई दाईसहित १८ जना रहेका छन् ।

‘तपाईंको सानो सहयोगले दिल दमाईलाई जिउन सहज हुनेछ ।’ आर्थिक सहयोगका लागि मोबाइल नम्बर ९८१२६९९२१२,९८२८८७४८६२ छ भने आर्थिक सहयोग गर्न चाहनेहरुका लागि दिल बहादुर दमाईको बाणिज्य बैंकमा रहेको खाता नम्बर ४२४०१०००५३०२९०१० रहेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo