KhabarUjyalo

३ लिङ्ग भएको बच्चा जन्मियो

२३ चैत्र २०७७, सोमबार
३ लिङ्ग भएको बच्चा जन्मियो

संसारमा कहिलेकाहीँ अभूतपूर्व घटना हुन्छन् । मध्यपूर्वी मुलुक इराकमा हालै मानव इतिहासकै पहिलो र अनौठो घटना भएको छ । त्यहाँ तीनवटा यौनाङ्ग भएको बच्चा जन्मिएको छ ।

इराकको मोसुल सहरमा अनौठो शारिरीक विकृति सहितको बच्चा जन्मिएको हो। उक्त बच्चाको शरीरमा तीनवटा लिङ्ग भएको पाइएको छ ।

स्थानीय एक अस्पतालमा एक दम्पतीले उपचारका लागि हालै एकजना ३ महिने शिशु ल्याएका थिए। अण्डकोष सुन्निने समस्या देखिएपछि उनीहरुले आफ्नो छोरालाई उपचारका लागि अस्पताल ल्याएका थिए ।तर, जब डाक्टरहरुले सुन्निएको अण्डकोषको परीक्षण गरे, त्‍यहाँ त दुईवटा नयाँ लिङ्ग पलाउन थालेका रहेछन् ।

तीनवटा लिङ्गमध्ये एउटा आम मानिसमा हुने सामान्य आकार प्रकारको लिङ्ग छ । दोश्रो लिङ्ग चाँहि मूल लिङ्गको फेँदबाट पलाएको छ भने तेश्रो लिङ्ग अण्डकोषको थैली भित्रबाट पलाएको छ ।

चिकित्सा भाषामा यसलाई ट्राइफालिया भनिन्छ। विश्वमा कुनैपनि व्यक्तिमा तीनवटा लिङ्ग भएको पाइएको यो नै पहिलो घटना हो । तीनवटा यौनाङ्ग भएको बालक सम्बन्धि उक्त रिपोर्ट इन्टरनेशनल जर्नल अफ सर्जरी केशमा प्रकाशित भएको छ ।

डाक्टरहरुका अनुसार उक्त बच्चामा पलाएका दुईवटा अतिरिक्त लिङ्गहरु विकशित अवस्थामा थिएनन् र तिनमा युरेथ्रा लगायतका भाग पनि थिएनन् । त्यसैले डाक्टरहरुले ती दुई अतिरिक्त लिङ्गलाई शल्यक्रिया गरेर फ्याँकिदिए।

एजेन्सीको सहयोगमा

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo