धनगढी : एभरेष्ट एकेडेमी अत्तरीयाले बाह्रौं राष्ट्रिय बाल नाटक महोत्सवमा प्रस्तुत गरेको नाटक ‘भूमिका’ ले उत्कृष्ट उपाधि प्राप्त गरेको छ ।चैत्र १ गतेबाट शुरु भएर चैत्र २१ गते सम्पन्न भएको नाटक महोत्सवमा देशै भरीबाट करीब तीन दर्जन नाटक सहभागी भएका थिए ।
उत्कृष्ट उपाधि प्राप्त गरेको भूमिका नाटक बलात्कारजन्य अपराध र हत्याका घटनामा आधारित भएर मञ्चन गरिएको थियो ।यस नाटकको लेखन तथा निर्देशन रंगकर्मी तथा निर्देशक पुष्पराज अवस्थीले गरेका थिए ।
निर्देशक अवस्थी एक दशक देखि काठमाडौंमा रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा सक्रिय रहेका छन् ।उक्त नाटकमा सुनिल पन्तको कोरियोग्राफीरसहायक निर्देशन थियो भने एभरेष्ट एकेडेमीका दश जना विद्यार्थीले अभिनय गरेका थिए ।
यस नाटकमा आशा भट्टराई, आर्या महरा, नेहा सिंह, सुनिता विष्ट, इशा गोर्खाली, प्रिति ठाकुर, युवराज भट्टराई, निरज रावल, दिपक भट्टराई, र हेमन्त भट्ट लगायतका कलाकारले अभिनय गरेका थिए ।बाल नाटक महोत्सव नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, शैली थिएटर र रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र काठमाडौंद्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो ।
उक्त नाटक धनगढी तथा अत्तरीया क्षेत्रमा पुनः मञ्चन गर्ने तयारी भईरहेको एभरेष्ट एकेडेमीका प्राचार्य स्माईल चौधरीले बताए ।