काठमाडौँ- काठमाडौँ फेरी विश्वको वायु प्रदूषित शहरहरूको सूचीमा एक नम्बरमा परेको छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै फेरि उपत्यकासहितका शहरहरुमा वायु प्रदूषण बढेको हो ।
वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमको सोमबार बिहान सम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ । काठमाडौँपछि दोस्रो नम्बरमा बंगलादेशकाे ढाका शहर परेको छ । एआईक्यू एयरका अनुसार काठमाडौँको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) ३०५ पुगेको छ ।
सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ । वातावरण विभागको मापनमा बिहान ९:४५ बजे भक्तपुरको एआईक्यू ३४०, धादिङको ३७२, भरतपुरको ३५७ , सौराहाको ३०७ छ ।काठमाडौंमा अहिले तुवाँले ढाकेको छ ।