२३ मंसिर २०७९, शुक्रबार

जेसिवीले फालेको मुडा लागेर एक किशोरीको मृत्यु,चालक प्रहरी नियन्त्रणमा

२१ चैत्र २०७७, शनिबार
जेसिवीले फालेको मुडा  लागेर एक किशोरीको मृत्यु,चालक प्रहरी नियन्त्रणमा

डडेल्धुरा : डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ । जेसिवी मेसिनले सडकबाट मुडा फाल्दा एक किशोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका २ मणिलेककी १३ बर्षिया किशोरी रजन्ती दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक प्रवक्ता राजेन्द्र चन्दले बताए ।

सडकबाट १ सय ३० मिटर तल खोलामा घास काटदै गरेकी किशोरीको खुटटामा र शरिरमा चोट लागेको र उद्धार गरि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।

जेसीवी चालक बर्ष २४ का खडक बुढाऐरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ, भने बालिकाको शव जिल्ला अस्पताल डडेल्धुरामा पोष्टमार्टमको लागी राखिएकोे प्रवक्ता चन्दले जानकारी दिएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo