Khabar Ujyalo

पत्रकार महासंघ सुदूरपश्‍चिम प्रदेश अध्यक्षका बलिया उम्मेदवार योगेश रावल !

२० चैत्र २०७७, शुक्रबार
पत्रकार महासंघ सुदूरपश्‍चिम प्रदेश अध्यक्षका बलिया उम्मेदवार योगेश रावल !

धनगढी : नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनका लागि सुदूरपश्‍चिम प्रदेश अध्यक्षमा योगेश रावल बलिया उम्मेदवार देेेखिएका छन् ।

नेपाल प्रेस युनियनसहितका ११ पत्रकार संगठनहरुको समर्थनमा प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
रावल वर्तमान सुदूरपश्‍चिम कार्यसमितिका महासचिव हुन् ।

रावल करिब दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय रहेका छन् । सहस्राब्दी साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका रावल युगयान साप्ताहिक, हाम्रो जन सन्देश साप्ताहिक, टीकापुर टाइम्स, अनुमोदन, सेती समाचार, पश्चिम टुडे दैनिक, रेडियो पश्चिम टुडे, काठमाडौंबाट प्रकाशित राजधानी दैनिक, सगरमाथा टेलिभिजन, सेतोपाटी डटकमको सम्वाददाता भैसकेका रहेका रावल हाल नागरिक दैनिकको सम्वाददाता र हाम्रोपत्र डट कमको प्रधानसम्पादक रहेका छन् ।

नेपाल पत्रकार महासंघ कैलालीको केन्द्रिय पार्सल हुँदै वर्तमानमा पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको महासचिव रहेका छन् । रावल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षका बलिया उमेदवार हुन् ।
रावलले भने,”यो गर्छु उ गर्छु भने केही कसम गर्दिन । यत्री मत्र भन्छु पत्रकारको साथमा थिए, छु र साथमै रहने छु।”

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.