धनगढीः सुदूरपश्चिममा शुक्रबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालमा ४४ जनाको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
उनका अनुसार धनगढी उपमहानगरपालिकाका ३ जना,गोदावरी नगरपालिकाका २ जना, घोडाघोडी नगरपालिकाका १ जना, अछामको मंगलेसन नगरपालिका, पञ्चदेवल नगरपालिका, डोटीको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिकाका, कञ्चनपुरको पुनर्वास नगरपालिका र डडेल्धुराको भागेश्वर गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।