२० असार २०७९, सोमबार

विवेकशील साझा पार्टीको युवा संगठनको नाम विवेकशील साझा युवा संगठन

२० चैत्र २०७७, शुक्रबार
[Sassy_Social_Share]
विवेकशील साझा पार्टीको युवा संगठनको नाम विवेकशील साझा युवा संगठन

धनगढी : विवेकशील साझा पार्टीको युवा संगठनको नाम विवेकशील साझा युवा संगठन भएको छ । विवेकशील साझा पार्टीको युवा संगठन समायोजित गर्दै संगठनको नाम विवेकशील साझा युवा संगठन राखेको हो ।

शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै विवेकशील साझा पार्टीको युवा संगठन समायोजन कार्यदलले पार्टीका दुई युवा संगठन समायाेजन गरेकाे उल्लेख गरेको छ। पूर्व साझा पार्टी निकट साझा युवा संगठन र पूर्व विवेकशील नेपाली दल निकटको नव युवा सञ्जाल दुवै पक्षबाट समानताका आधारमा ६ जना पदाधीकारी , केन्द्रीय सचिवालयमा २८ जना र केन्द्रीय समितिमा ६६ जना सदस्य रहनेछन्। प्रदेश र जिल्ला समितिहरु पनि सम्मानजनक सहभागिताका आधारमा समायोजन गरिने घोषणापत्रमा उल्लेख छ। २०७८ सालको आश्विनमा युवा संगठनको प्रथम महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ।

समायोजन घोषणापत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै पार्टी विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दुई युवा संगठन समायोजन प्रती खुशी व्यक्त गर्दै यसबाट देश विदेशमा रहेका आम युवाहरुलाई पार्टीमा आकर्षित गर्न सघाउ पुग्ने बताउनुभयो। उहाँले यस समायोजनले युवा संगठनलाई देशव्यापी विस्तार गर्न सुसँस्कृत राजनीति कल्याणकारी लोकतन्त्र स्थापित गर्न र नेपालको राजनीतिक रुपान्तरणमा इटा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

संयोजक मिलन पाण्डेले मुलुकको संविधान, संवैधानिक लोकतन्त्र, नागरिक सर्वोच्चतालाई शिरोपर गर्दै वैकल्पिक राजनीतिलाई सशक्त रुपमा अघि बढाउन र युवा वर्गमा आकर्षण ल्याउन सिर्जनशील सुसंस्कृत राजनीतिक केन्द्रको रुपमा विवेकशील साझा युवा संगठन उभिने बताउनुभयो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo