KhabarUjyalo

कृष्णप्रसाद भट्टराईलाई सम्झिँदै देउवाले भने – मेलम्चीको पानी आएकोमा काठमाडौंबासीलाई बधाई !

२० चैत्र २०७७, शुक्रबार
कृष्णप्रसाद भट्टराईलाई सम्झिँदै देउवाले भने – मेलम्चीको पानी आएकोमा काठमाडौंबासीलाई बधाई !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलम्चीको पानी आएकोमा काठमाडौंबासीलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सभापति देउवाले मेलम्चीको सपना देख्ने सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईलाई समेत सम्झिएका छन् ।

उनले लेखेका छन्, ‘सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना, कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णय, पछिल्ला सरकारहरूको सहभागिता अनि सिंगो राष्ट्रको संकल्प, अन्ततः मेलम्चीको पानी काठमाडौं आइपुगेको छ । बधाई काठमाडौं उपत्यकाबासीलाई

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo