KhabarUjyalo

बिहेको प्रलोभन देखाएर युवतीलाई भारत लैजाँदै गरेका भारतीय नागरिक प्रहरी नियन्त्रणमा

२० चैत्र २०७७, शुक्रबार
बिहेको प्रलोभन देखाएर युवतीलाई भारत लैजाँदै गरेका भारतीय नागरिक प्रहरी नियन्त्रणमा

कञ्चनपुर : बिहेको प्रलोभनमा देखाएर १८ वर्षीया युवतीलाई भारत लैजाँदै गरेका भारतीय नागरिकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

लालझाडी गाउँपालिकाकी युवतीलाई दोधारा चाँदनी नगरपालिका–४ स्थित झोलुंगे पुल क्षेत्र हुँदै भारत लैजाँदै गरेको र सोधपुछ गर्दा युवतीले भारतीय नागरिकसँग विवाह गर्न जान लागेको बताएपछि माइती नेपालको सूचना परामर्श केन्द्रमा कार्यरत कर्मचारीले युवतीलाई उद्धार गरेका हुन्।

यस कार्यमा संलग्न भारत उत्तर प्रदेश, जिल्ला पिलिभित सिमरिया गाउँका २० वर्षीय जान मोहम्मदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ।

किशोरी चार दिनअघिदेखि घरबाट बेपत्ता भएकी थिइन। किशोरीका आफन्तले बेपत्ताको जानकारी प्रहरीलाई गराएका थिए। ‘किशोरीलाई भारतीय नागरिकसँग हिँडेर जान लागेको देखेपछि शंकाका आधारमा सोधपुछ गर्‍यौं’, माइती नेपालका कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भनिन्, ‘किशोरीले भारतीय नागरिकसँग विवाह गर्न जान लागेको भनेपछि रोकथाम गरेका हौं।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo