KhabarUjyalo

आमा र भाईको सहारा बनेकी धना,विद्युत प्राधिकरणको लापरबाहीले अकालमै गुमाईन ज्यान !

१९ चैत्र २०७७, बिहीबार
आमा र भाईको सहारा बनेकी धना,विद्युत प्राधिकरणको लापरबाहीले अकालमै गुमाईन ज्यान !

धनगढी : मंसिर २५ गते सुगरको बिरामी कारण बुबा गुमाएपछि बेसहारा बनेकी आमा र भाईको सहारा थिईन अजयमेरु गाउँपालिका–१ महरा गाउँकी घर भएकी २२ वर्षीया धना बोहरा ।

उनि बिहिवार बिधुत प्राधिकरण कारण अकालमै ज्यान गुमाईन । आर्थिक अवस्था कमजोर रहेको बोहराको परिवारमा आर्थिक स्थिति कै कारण पढाइ पूरा गर्न नसकेकी धना जसरी भएनी भाइ पढाउन चाहन थिईन । तर बिहिवार जङ्गलमा बाख्रालाई घाँस काट्न क्रममा करेन्ट लागेर अस्पताल ल्याउने क्रमै ज्यान गुमाईन । वडा अध्यक्ष दत्तीसिंह बोहराका अनुसार गाउँपालिका अध्यक्ष उमेशप्रशाद भटट र आफुहरुले १ हप्ता अगाडी नै बिधुत प्राधिकरणको कार्यालयमा गएर पोल सारि दिनको लागी आग्रह गरिएको बताए ।

कार्यालयबाट ईन्जिनियरहरुलाई पठाईए पनि पोल सार्ने काम नगरिदिएकै कारण आज युवतीको मृत्यु भएको उनले बताए ।

घरको सम्पुर्ण काममा सघाउने धनाको अकालमै ज्यान गएपछि बेसाहारा बनेका छन् बुढी आमा र भाइ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo