KhabarUjyalo

एमाले र परिवार दलबीच पनि चुनावी तालमेल

३० चैत्र २०७८, बुधबार
एमाले र परिवार दलबीच पनि चुनावी तालमेल

३० चैत, काठमाडौं । नेकपा (एमाले) र एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलबीच चुनावी गठबन्धन हुने भएको छ । बुधबार एमाले र परिवार दलबीच पाँचबुँदे सहमति भएको हो ।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले हस्ताक्षर गरेको सहमतिपत्रअनुसार परिवार दलले आफ्ना उमेदवार नभएका सबै ठाउँमा एमालेलाई सघाउनेछ ।

उक्त दलले आसन्न स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति भएको छ । एमाले र राप्रपा नेपालबीच पनि चुनावी तालमेलको सहमति भएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo