KhabarUjyalo

‘विप्लव’ नेतृत्वको नेकपाले स्वतन्त्र उम्मेदवारी दिने

३० चैत्र २०७८, बुधबार
‘विप्लव’ नेतृत्वको नेकपाले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता नहुने भएको छ । आयोगमा दर्ता नहुने भएपछि विप्लव नेतृत्वले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

यसअघि दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरुले सरकार र निर्वाचन आयोगमा पुगेर आग्रह गरेका थिए । तर, संवैधानिक, राजनीतिक र कानुनी सबै दृष्टिकोणले दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनका अनुसार दल दर्ता गर्न पार्टीकै नेताहरुले सरकार र आयोगमा बुझेका थिए । तर, संवैधानिक, राजनीतिक र कानुनी सबै हिसावले संयूक्त मोर्चा दर्ता गर्न नमिल्ने भएपछि स्थानीय आवश्यकताका आधारमा एमाले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने भएका ।

विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिएका छन् । तर, सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रसँग सकेसम्म चुनावी तालमेल गर्नुपर्ने पक्षमा छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo