KhabarUjyalo

माओवादी केन्द्रले आफ्नो चुनावी पोस्टरमा कुलमान घिसिङको तस्बिर !

३० चैत्र २०७८, बुधबार
माओवादी केन्द्रले आफ्नो चुनावी पोस्टरमा कुलमान घिसिङको तस्बिर !

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट आज बुधबार सार्वजनिक गरिएको डिजिटल पोस्टरमा प्रचण्ड, अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर राखिएको हाे । डिजिटल पोस्टरमा ‘अँध्यारोबाट उज्यालोतर्फको यात्रा’, ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ लेखिएको छ । 

निर्वाचन आचारसंहितामा सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएको छ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo