KhabarUjyalo

रुदै रुदै डिल्लीराम घिमिरेले छोडे एमाले पार्टी !

२९ चैत्र २०७८, मंगलवार
रुदै रुदै डिल्लीराम घिमिरेले छोडे एमाले पार्टी !

झापा । झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्‍वार सिफारिसमा नपरेपछि एमाले जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले पार्टी छाडेका छन् ।

मेची नगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरुले पटक पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनु भन्दा स्वतन्त्र जीवन जिउनु ठीक ठानेर एमाले छाडेको बताए ।

‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरें, निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरें, तर पार्टीका केही नेताले मेरो अवमुल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरेें,’ पत्रकार सम्मेलनमा आँसु खसालेका उनले भने, ‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’

उनले पार्टीमा जीवन विताएपछि जिम्मेवारी र अवसरको आशा गर्नु स्वभाविक भएको भन्दै भने, ‘कसैलाई थपि थपि जिम्मेवारी दिने र कसैलाई अवसरबाट बञ्चिन गर्ने काम एमालेको स्थानीय नेतृत्वबाट भएको छ ।’ पत्रकार सम्मेलनमा भावुक भएका उनले आफ्ना आँसुले अन्याय गर्नेहरुलाई पिरोल्ने बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo