काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको सम्पर्क कार्यालय आजदेखि सञ्चालनमा आएको छ ।
पुतली सडकस्थीत न्यू प्लाजामा स्थापना गरिएको सम्पर्क कार्यालयको आज काँग्रेस महामन्त्री शर्माले दीप प्रज्वलन गरी उदघाटन गर्नु भएको हो ।
कार्यालय उदघाटन पछि बोल्दै महामन्त्री शर्माले भन्नुभयो, ‘काँग्रेस र अन्य पार्टीका व्यक्तिहरुसंग छलफल गर्न यो कार्यालय प्रयोगमा आउँछ ।’ ‘यो कार्यालय काँग्रेसका लागि मात्रै होईन, जो कोहीले यहाँ सम्पर्क गरेर छलफल गर्न सक्छ,’ शर्माले भन्नुभयो ।
नेपाली काँग्रेस झापा क्षेत्र नं. १ काठमाण्डौ सम्पर्क समितिले व्यवस्थापन गर्ने गरी सञ्चालनमा आएको सम्पर्क कार्यालय महामन्त्री शर्माको भेटघाट र छलफलहरुको लागि प्रयोग गरिने झापा क्षेत्र नंं १ काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष प्रज्वल कोइरालाले बताउनु भयो ।
काँग्रेस झापा क्षेत्र नं १ काठमाण्डौ सम्पर्क समितिको कार्यालय समेत रहने गरी व्यवस्थापन गरिएको सम्पर्क कार्यालयलाई व्यवस्थीत रुपमा सञ्चालन गर्ने योजना बनाएको सम्पर्क समितिका सदस्य प्रकाश ढुंगेलले बताउनु भयो ।