KhabarUjyalo

ठाउँ र अवस्थाअनुसार देशभर चुनावी तालमेल गर्न पाँच दलीय गठबन्धनको अपिल

२८ चैत्र २०७८, सोमबार
ठाउँ र अवस्थाअनुसार देशभर चुनावी तालमेल गर्न पाँच दलीय गठबन्धनको अपिल

काठमाडौं । पाँच दलीय गठबन्धनले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् ।

सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा अगाडी बढ्न आह्वान गरेको हो ।

बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै भनेको छ- ‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रता पूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध छन् र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo